प्रधानमन्त्री देउवा साइत जुराएर बालुवाटार सरे

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Bank , Photo Gallery , ५ वर्ष अगाडि

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवास सरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका देउवा आज बिहान १०:०३ बजेको साइत पारेर बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् । 

देउवालाई बूढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले एस्कर्टिङ गरेका थिए । सर्वोच्च अदालतको परमादेशपछि गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

१४६ सांसदले हस्ताक्षरसहित बुझाएको रिटमाथि फैसला गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुन:स्थापना गर्न र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।निवर्तमान प्रधानमन्त्री अाेली भने सर्वाेच्चकाे आदेशबाट रूष्ट छन् । जनादेश आफूसँग हुँदा परमादेशबाट हटाइएकाे उनकाे गुनासाे छ ।