काठमाडाैं ।सरकारले खोप उत्पादक राष्ट्रलाई थप खोप सहयोगका लागि आह्वान गरेकाे छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराईदिन निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त क्षेत्र घोषण गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आगामी साउन ६ गते सार्वजनिक विदा दिने निर्णय समेत गरेको उनले बताए । भारतसँग सातामा एउटा मात्रै उडान रहेकोमा अब त्यसलाई बढाएर सातामा तीनवटा उडान सञ्चालनको अनुमति दिने निर्णय भएको उनले बताए।उनले यसअघि नियुक्त गरिएका ११ जना राजदूत नियुक्तीको निर्णय पनि यसअघिको बैठकले गरेको प्रवक्ता कार्कीले बताए।