एमाले केन्द्रीय कमिटी बैठक: नेता नेपालसहित २२ सांसदलाई कार्बाही हुन सक्ने

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिनको ३ बजे बस्ने तय भएको छ ।
तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्ने बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुलाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

हिजोको बैठकले देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । देउवालाई एमले अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले र वरिष्ठ नेता माधवकुमार नेपाल गरी एमालेका २२ जनाले विश्वासको मत दिएका थिए ।

देउवालाई विश्वासको मत दिएपछि एमाले भित्रको विवाद थप उत्कर्षमा पुगेको छ । केन्द्रीय कमिटी बैठकमा नेता नेपालपक्ष भने नियमित अनुपस्थित रहंदै आएको छ । आजपनि नेपाल पक्ष बैठकमा अनुपस्थित रहने बुझिएको छ ।