काठमाण्डौ, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालीकामा कोरोना संक्रमितको संख्या २ हजार ७ सय १४ पुगेको छ । यो तथ्याङ्क २०७७ चैत्र १९ देखी २०७८ श्रावण ४ गते सम्मको हो । यहि अबधिमा कोरोनाकै कारण नगरपालीका भित्र ५२ जनाले ज्यान गुमाएका छन भने २ हजार १ सय ५१ जना संक्रमण मुक्त भएका छन । नगरपालिकाका मेयर कृष्णहरी थापाका अनुसार नगर भित्र हाल ५ सय १२ सक्रिय संक्रमित छन । जसमध्धे ४७१ जना होम आइसोलेसनमा र ४० जना अस्पतालमा उपचार गराइरहेका छन ।
नगरपालीका भित्र थप १२ जना संक्रमित थपिएपछी कोरोना संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ मापदण्ड पालना गर्दै सजकता अपनाउन र बिनाकाम घरबाहिर हिडडुल नगर्न तथा अनाबस्यक भेला र भिडभाड नगर्न मेयर थापाले नगरबासीमा अनुरोध गर्नु भएको छ ।