विपी कोइरालाको ३९ औं स्मृति दिवस मनाइयो

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३९ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका थिए । त्यस्तै कांग्रेस पार्टी कार्यालयमा कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुप¥यो ।

पछि उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो ।

उहाँले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।