‘विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन’

Bhim Thapa MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले कुनै पनि व्यक्तिका लागि विदेशमा गरिएकाे उपचार खर्च राज्यकाेषबाट व्यहाेर्नु कानून विपरीत हुने बताएका छन् ।

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सरकारबाट खर्च उपलब्ध नगराइने व्यवस्था रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा गरिएको उपचार खर्च सरकारले व्यहाेर्ने बताएकाे भाेलि पल्ट नेता थापाले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका छन् ।

उनले खेलेका छन, ‘कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन।’ 

खनालको उपचारको लागि परिवार, स्वजन र उनको पार्टी पङ्क्ति लागिरहेको भन्दै थापाले उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार रहेको उल्लेख गरेका छन् ।