आफ्ना नेताविरुद्धका उत्तेजक नारावाजी रोकेर पार्टी एकतामा लाग्न नेपाल पक्षकाे ध्यानाकर्षण

Bhim Thapa MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाल-खनाल पक्षको बैठक:स्पष्टीकरणले एकताको वातारणलाई धमिलाउने निष्कर्ष

काठमाडाैं । नेकपा एमालेको माधव नेपाल पक्षले आफ्ना नेताहरुलाई लक्षित गर्दै अर्को पक्षबाट भएको उत्तेजक गतिविधि र नारावाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार काठमाडौंमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारावाजी गर्ने एवम् पुत्ला जलाउने काम भइरहेको भन्दै पार्टी अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराउने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

बैठकले नेताविरुद्धका उत्तेजक नारावाजी रोकेर पार्टी एकताका काममा लाग्न पनि ध्यानाकर्षण गराएको छ । बैठकमा सवै सदस्यको जोड एकता रहेको र एकता प्रक्रियालाई अघि बढाउनुपर्छ भन्नेमा सवैको सहमति भएको उनले बताए ।

त्यस्तै अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको बैठकको ठहर रहेको पन्तले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीले ह्वीप लगाउन नसक्ने र अरु विषयलाई जोडेर अहिले स्पष्टीकरण सोध्नुको औचित्य नभएको उनीहरुको तर्क छ । स्पष्टीकरण सोध्ने विषय नै नरहेको र एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेता पन्तले बताए ।

बैठकले स्पष्टिकरणले एकताको वातारणलाई धमिलाउने र कमजोर बनाउने काम गरेको निष्कर्ष निकालेको छ ।