काठमाडाैं ।नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्।
क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन्। क्रियाशील सदस्यातामा धाँधली भएको भन्दै राजीनामा बुझाएको सांसद सिंहले बताए।
आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले राजीनामा दिएको उनले बताए। सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।