चाैतर्फी दबावपछि भीम रावलले राजीनामा फिर्ता लिए

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । चाैतर्फी दबावपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

पार्टी र नेता कार्यकताबाट राजीनामा फिर्ता लिन दबाब आएको भन्दै रावलले राजीनामा फिर्ता लिएका हुन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल ले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

शुक्रबार रावलले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिने सांसदबाटराजीनामा दिएको घोषणा गरेका थिए ।

पार्टी एकताको पक्षमा उभिन भन्दै सुदूरपश्चिम प्रदेश सरकार चार मन्त्रीसहित १२ जना सांसदको टोलीले मंगलबार काठमाडौ आएर रावललाई भेटेका थिए ।