माधव नेपाल भन्छन्:ओली महाराजधिराजले आममाफी दिएँ भन्दा खुसी हुनुपर्ने?

Bhim Thapa MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीमा महाराजाको शैली र दम्भ कायम नै रहेकाले एकतामा समस्या आएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले स्पष्टीकरण सोधेकोमा गल्ती भएको र फिर्ता लिएँ भनेको भए उचाइ घट्थ्यो र ? भन्दै प्रश्न पनि गरे । 

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’

नेता नेपालले स्पष्टीकरण सोध्नु नै गलत भएको भन्दै ओलीको उक्त घोषणाप्रति कटाक्ष गरे । लीतर्फ संकेत गर्दै बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको उनले बताए । 
उनले एमालेको एकता र ओलीको सुधारका लागि आफू अहिले पनि संयमतापूर्वक बोलिरहेको पनि दाबी गरे ।