काठामाडाैं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई टुट्न नदिने बताएका छन् ।संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे पनि कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको उनकाे आराेप थियाे ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने एमसीसीकाे विषयलाइ निकालेर गठबन्धनमा झगडा गराउन खोजिदैछ। त्यसमा हामी सजक हुनुपर्छ ।
एमाले नेता भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउने षडयन्त्र स्वरूप भएकाे उनकाे बुझाइछ । यद्पी नेता रावलले शुक्रबार आफ्नाे राजीनामा फिर्ता लिइसकेका छन् ।संविधान बचाएर ठूलै लडाइँ जितिएको उनकाे भनाइ थियाे ।
‘प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग शनिबार पनि भेटवार्ता गरेका छन् । कतै ओली पक्षसँग मिलिहाल्छन् कि भने जसरी अध्यक्ष प्रचण्ड नेता नेपाललाई दैनिक जसाे भेट्न उनकै निवासमा पुग्ने गरेका छन् । आज विहान भएको भेटवार्तामा पनि उनीहरुबीच अहिले कायम रहेको गठबन्धनलाई निरन्तर अघि बढाउनेबारे कुराकानी भएको थियाे ।