काठमाण्डौ १० श्राबण । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारमा नेपाली श्रमीकलाई खानेबस्ने समस्या हुन नदिने प्रतिबद्धता जनाएका छन । नेपाल पत्रकार महासंघ कतार शाखाको बक्रईद शुभकामना आदान प्रदान, परिषद भेला तथा एनआरएनए कतारका नबनिर्बाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन । मुसलमानले भने कोही श्रमिकलाई समस्या भएको आफुले थाहा पाएमा कतारबाट घरसम्म पुर्याउनकालागी हवाई टिकट लगायत अन्य आबश्यक संम्पुर्ण सहयोग गर्ने छु
। उनले नेपाली समुदाय र सरकारबीचको सम्बन्ध जोड्नका लागी आफुले पुलको काम गर्ने समेत बताएका छन ।
महासंघ कतार शाखाका अध्यक्ष करिमबक्स मियांको सभापतित्व तथा प्रमुख सल्लहकार तिर्थ संगम राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष मुसलमानका साथै महासचिव पदम गिरी, सचिव दिपजंग ठकुरी, सदस्य सन्तोष क्षेत्री, लगायतको सहभागिता थियो।
सबै धर्मलाई उत्तिकै सम्मान गर्ने नेपाली परम्परालाई जिबन्त राख्न आयोजना गरिएको उक्त कार्यक्रममा महासंघका अध्यक्ष करिम बक्स मियाले कतारबाट प्रकाशित हुने समाचारहरू एकद्वार प्रणाली मार्फत प्रकाशन हुनुपर्ने बताउंदै जसबाट कतारको कानून तथा सत्यतथ्य समाचार जन्मभुमी तथा बिदेशमा रहेका नेपाली सम्म पुर्याउन सहज हुने धारणा राखेका थिए ।
कार्यक्रममा शाखाका उपाध्यक्ष दिलकुमार श्रेष्ठले एनसिसिले पत्रकारहरुको आत्मसम्मानमा ध्यान पुर्याएको खण्डमा कतारको कार्यक्रमहरु नेपाली समुदायमा पुर्याउने र नेपाली समुदायको समस्या एनसिसिसम्म पुर्याउने गरी पुलको काम गर्न तयार रहेको धारणा ब्यक्त गरेका थिए ।