अनलाईन दर्तापछि मात्रै खाेप, सर्वसाधारणलाई अप्ठयाराे

Bhim Thapa Latest Update , News/समाचार , Others/अन्य , ३ वर्ष अगाडि

काठमाडाैं ।सरकारले खाेप  लगाउनुअघि विद्युतीय माध्यमबाट दर्ता नम्बर लिन अनिवार्य गरेकाे छ  ।सरकारले लागू गरेकाे याे झन्झटिलाे व्यवस्थाले प्रविधिले इन्टरनेटकाे पहुँच र क्षामता नभएका ठूलाे वर्ग खाेप पाउनबाट बिञ्चत हुनेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप लगाउनका लागि अब www.vaccine.mohp.gov.np मा गएर फारम भर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्ष देखि ५० वर्षका नागरिकले विद्युतीय दर्ता नम्बर लिएर खोप केन्द्रमा गएको खण्डमा मात्रै खोप लगाउन पाइने छ । 

स्वास्थ्य आपत्कालीन तथा बिपद् व्यवस्थापन इकाइले देशभरका सबै स्वास्थ्य कार्यालयहरूलाई साउन १ गत पत्र पठाउँदै खाेप अभियानमा धेरै भीडभाड हुने गरेका कारण देखाउँदै याे व्यवस्था लागू गर्नु परेकाे जनाइएकाे छ ।