नेपाली फुटबल टिमका मुख्य प्रशिक्षकले राजिनामाको घोषणा गरे

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , ३ वर्ष अगाडि

काठमाण्डौ १० श्राबण । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले आफ्नो पदबाट राजिनामा दिने घोषण गरेका छन । एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङका कारण राजिनामा दिन लागेको उनले ट्विटर मार्फत जानकारी गराएका हुन ।
उने लेखेका छन प्रिय नेपाली फ्यानहरु म एन्फका बरिष्ठ उपाध्यक्षका कारण राजिनामा दिदै छु । बिगत ३ हप्ता देखिको उनको नाटक अति भयो । पंकज नम्वाङ ज्यू आशा छ अब तपांइ अब खुसी हुनु हुने छ ।
कुबेती नागरिक मुताइरी संग घरेलु टिम कुबेत र साउदी अरेबियामा प्रशिक्षक गरिसकेको अनुभब थियो । साथै कृगिस्थान अण्डर १६ टोलिको अनुभब समेत थियो । उनलाई एन्फाको आग्रहमा कतार फुटबल एसोसियसनले गत अप्रिलमा मुख्य प्रशिक्षकको रुपमा नेपाल पठाएको थियो ।