प्रधानमन्त्रीलाई गाडीको सांचो ?

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको सांचो बुझाएका छन । उनिहरुले बिभिन्न माग राख्दै ति माग पुरा नभए सम्म यातायात सन्चालन गर्न नसकिने भन्दै सांचो बुझाएर माग पुरा गर्न आग्रह गरेका हुन ।
उनिहरुले सांचो संगै बुझाएको ज्ञापनपत्रमा निम्न माग समाबेस गरेका छन ।
१ खोपको व्यवस्था हुनुपर्ने ।
२ सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने
३ भाडा समायोजन गर्नुपर्ने ।
४ २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने ।
५ कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनरकर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने ।
६ दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने । माग राखेका छन ।