एमाले बिकाउ मालहरूकाे झुण्ड हाेइन:ओली

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या एमाले र त्यसमा पनि आफ्नो साथमा रहेको दावी गरेका छन् ।

आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल मार्फत सम्बोधन गर्दै उनले भने,नेकपा एमाले कुनै गुण्डा दल हाेइन, याे एउटा परिपक्क राजनीतिक दल हाे, जसकाे काँधमा देशकाे मुहार फेर्ने अभिभारा छ ।

केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै २/४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’ उनकाे दावी थियाे ।एमाले वरिष्ठ नेता नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताएका थिए ।

अध्यक्ष ओलीले एमालेलाई बिकाउ मालहरूकाे झुन्ड हाेइन,सिद्धान्त,विचार,आस्था र आदर्शहरूमा केन्द्रित भएकाे संगठनकाे रूपमा अगाडि बढाउने बताए । माधव नेपालतर्फ संकेत गर्दै  केही प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन बहकिएर लागेकाे बताए ।पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने उनले बताए ।