एनआरएनए बेल्जियमको निर्वाचनमा मतपेटिका जलाउने प्रयास

Bhim Thapa Banner Headline with Image , प्रवास , ३ वर्ष अगाडि

काठमाडौं । गैर आबासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा निर्वाचनका क्रममा केही व्यक्तिबाट मतपेटिका जलाउने प्रयास भएकोछ ।

मतदान सकिन केही समय बाँकी रहेको समयमा अपरिचित युवाहरुको एक समूहले मतपेटिकामा तरल पदार्थ खन्याएर नोक्सान गर्ने र मतपेतिका तोडफोड गरेको बताइएको छ् ।फोरिएको मतपेटिकाबाट केही मतपत्र च्यातिएका भए पनि अन्य मतपेतिकामा खसेका मतपत्र सुरक्षित रहेका छन ।

उक्त कार्यलाई रोक्न खोज्दा एनआरएनएका केही सदस्य घाइते भएका छन् । जस मध्ये दुई जनालाई अस्पताल भर्ना गरिएको छ। अस्पातल भर्न हुनेमा कोषाध्यक्ष पदका उम्मेद्वार पुष्प नेपाल एनआरएनए बेल्जियमकी पूर्व उपाध्यक्ष सारदा अर्याल रहेकी छिन् ।

घटना लगत्तै त्यहाँ पुगेको बेल्जियम प्रहरीको टोलीले प्रमाणहरु संकलन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । संस्थाका पदाधिकारीहरुसँग छलफल गरेर प्रहरीले रिपोर्ट तयार गरेको छ ।
निर्वाचन समितिका संयोजक लोक दाहालले सबै उम्मेद्वारहरु र केन्द्रीय पदाधिकारीको सल्लाहमा निर्वाचन प्रक्रियालाई कसरी अगाडि बढाउने भन्न तय हुने बताएका छन ।