जसपामा उपेन्द्र यादव पक्षमा बहुमत,ठाकुर पक्षले आत्मालोचना गरेमा बिचार गर्छैं: यादव

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादवको पक्षमा बहुमत पुगेको छ । पार्टीको माथिल्लो निकाय कार्यकारिणी समितिमा यादवका पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् ।

सोमबार निर्वाचन आयोगले हस्ताक्षर परीक्षणका लागि बोलाएकामा यादवका पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेका हुन् । अर्का अध्यक्ष महन्थ ठाकुर भने अल्पमतमा परेका छन् । उनको पक्षमा १६ जना कार्यकारिणी सदस्य देखिएका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएको थियो । जसपामा ५१ सदस्य कार्यकारिणी समितिमा रहेका छन् । यादव र ठाकुर पक्ष अन्ततः पार्टी विभाजनकै अवस्थामा पुगेका छन् ।

अध्यक्ष यादवले अब पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भन्दै ठाकुर पक्षले आत्मालोचना गरेमा पार्टीले बिचार गर्नसक्ने टिप्पणी गरे । त्यसका लागि विगतका गलत प्रवृत्ति सच्याउनुपर्ने र आत्मालोचना गर्नुपर्ने उनको शर्त छ । निर्वाचन अायाेगले बाेलाएकाे विषयमा अर्का अध्यक्षा ठाकुरले सर्वाेच्चअदालतमा दायर गरेकाे रिटमा दुबै पक्षलाइ बाेलाइएकाे छ। त्यसपछि नै जसपा मिल्ने या विभाजन हुने भन्ने टुंगाे लाग्नेछ।