बिदेश जानेलाई खोप लगाउन २ अस्पताल तोकियो ।

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , Others/अन्य , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ श्राबण ११ । श्रमिक वा विद्यार्थीकोरुपमा बिदेश जानेहरुका लागि कोरोना विरुद्धको खोप लगाउन अब सरकारले २ वटा अस्पताल तोकेको छ ।

अब विदेश जानेहरुले काठमाण्डौको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्नेछ ।

हाल देशव्यापी खोप अभियान रोकिएकोले विदेश जानेहरुकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो । खोप अभियान चलेको बेला भने आफू नजिक रहेको खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।