स्पेनको एनआरएनए अध्यक्षमा शालिकराम डुम्रे विजयी

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

स्पेनको एनआरएनए अध्यक्षमा शालिकराम डुम्रे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे निर्वाचित भएका हुन्।

डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने  राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । नेपाली जनसम्पर्क समिति स्पेनको समर्थन रहेको डुम्रे नेतृत्वको समूह नै निर्वाचनमा विजयी बनेको छ।

डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्वअध्यक्षसमेत हुन् भने राई एनआरएनए स्पेनको निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। यद्यपि समितिबाट सबै पद संख्या बराबर उम्मेदवारहरु खडा गरिएको थिएन ।