इजरायलले १ हजार नेपालीकामदार लैजाँदै तलब करिब २ लाख

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ १२ श्राबण । नेपाल सरकारले बैदेशिक रोजगारीमा जान चाहनेहरुले इजरायलमा आबेदन खुल्ला गरेको छ ।

नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार पहिलो चरणमा १ हजार जनाका लागि रोजगारी आबेदन माग गरेको हो ।

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रुपमा काम गर्नका लागि योग्यता पुगेका इच्छुक नेपालीहरुले आवेदन दिन सक्नेछन ।
१ हजार जना कामदार माग गरिएकोमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुषका लागि रोजगारी खुलाइएको हो । इजरायलको सरकारको नियम अनुसार त्यहां आबश्यक भएमा ओभरटाइम काम गर्न पाइन्छ भने सातामा ६ दिन काम गर्नुपर्ने हुन्छ । साथै प्रत्येक साता ४२ घण्टा काम गर्नुपर्ने छ । कामदारले इजरायल सरकारको नियमअनुसार विदा पाउनेछन भने कामदारले खाना खर्च आफैले बेहोर्नुपर्नेछ । शुरुमा काम गर्ने अवधि १ वर्षका लागि करार हुन्छ भने त्यसपछि करार अवधि अधिकतम ५ वर्षसम्मको हुनेछ ।

कामदारहरुले पारिश्रमिक बापत मासिक ५३०० इजरायली सेकेल अर्थात करिब २ लाख नेपाली रुपैयाँ पाउनेछन । इच्छुकले विज्ञापन प्रकाशित भएको २१ दिनभित्र अनलाइनबाट आवेदन भर्नुपर्नेछ ।

यस्तो छ मापदण्ड

२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १।५ मिटर उचाइ र कम्तीमा ४५ किलो तौल भएको हुनुपर्नेछ भने कम्तीमा १० कक्षा उत्तीर्णगरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा १० प्लस २ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिना तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

विगतमा इजरालयलगइ काम नगरेको तथा बुबा, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।
– बिस्तृत बिबरण बिभागले जारी गरेको यसैसाथ संलग्न सुचनामा उल्लेख गरिएको छ ।