- प्रल्लाद बस्नेत
आलापोट, काठमाण्डौ
बिज्ञापनका नौलो शिप जस्तै
बम्पर सपनाका तरकिप झन् उस्तै
कतै कम्पन भारी बनेर आयो
कतै रन्थन महामारी झैँ आयो
जीवनका उतारचडावहरुसँगै
जीवन वहावका आन्दोलनहरुसँगै
आफैले आफैँलाई सरकारमा लान
मनको राजनीति साभार भई आयो
जीवनमा कुटनीति आभार भई आयो
धेरै आयो जीवनमा यो
लौ आयो ! लौ आयो !
पुराना लोभ गालीएका हिचकी आयो
कतै सम्हालिएका त कतै बिचकी आयो
अमृत विषकै लडाईँ रहेछ साथी
विषले सधैँ तर्साउने बनि आयो
जीउने अमृतको चाहत रहे माथि
स्वविवेकले स्वयंलाई दर्साउने पनि आयो
फोक्सोमा श्वास त फेरेरै आयो
आफ्नै सन्तुष्टिको आश बेरेरै आयो
कथित उक्साउने राहत बनि आयो
व्यथित चस्काउने आहत पनि आयो
धेरै आयो जीन्दगीमा यो
लौ आयो ! लौ आयो !
हाल – दछिण सुडान