उपत्यकामा सक्रिय संक्रमित ८ हजार ८ सय ९५ पुग्यो ।
काठमाडौं १९ श्राबण । अब काठमाण्डौ उपत्यकामा माक्स नलगाई हिड्नेलाई जरिवाना तथा अनाबस्यक भिडभाड गर्नेलाई सरकारले कार्वाहि गर्ने भएको छ । कोभिड १९ संक्रमण रोकथामका लागि उपत्यकामा जारी निषेधाज्ञालाई अनुुगमन र कार्बाहीको कडाइसहित लम्ब्याउने तयारी भएको छ । हिजो बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी को बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा अनुगमनमा थप कडाइ गर्ने निर्णय भएको बताए । आजदेखि नै अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानूनी कार्वाही गरिने प्रजिअ पराजुलीले जानकारी दिए ।
डीसीसीएमसी बैठकले सहायक सीडीओको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । उक्त समितिले आजदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्ने छ ।
‘हामी एकैपटक बन्द नभएर, विस्तारै कडाइ गर्ने तयारी साथ अघि बढ्ने योजनामा छौं’ प्रजिअ पराजुलीले भने, आगामी सात दिनको संक्रमणदर हेरेर अघि बढ्ने कुरा भएको छ ।’
हाल जारी निषेधाज्ञा भोली गते मध्यरातमा सकिँदैछ । आजै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति ९सीसीएमसी०सँग छलफल गर्दैछन । सीसीएमसीको सल्लाहको आधारमा अघि बढ्ने तयारीमा तिनै जिल्लाका प्रजिअहरु छन । हिजो सम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ९५ छ ।

