पेस्तोल र गोली सहित २ भारतीय नागरिक पक्राउ

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , Others/अन्य , प्रदेश , ३ वर्ष अगाडि

दाङ, १९ साउन । गढवा गाउँपालिका १ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन र २ थान गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी ३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी ८ बस्ने १९ वर्षीय राजा खान रहेका छन् ।
पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त हतियार सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयबाट जारी बिज्ञप्तीमा उल्लेख छ ।