लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ,केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

 

रूपन्देही । विपक्षी दलहरू मिलेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

मंगलबार दिउँसो विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभा सचिवालयमा गएर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

उक्त अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । प्रस्तावमा ३४ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । केहीदिन अघि मात्रै उनीहरूले नयाँ प्रदेश प्रमुखलाइ भेटेर सरकार अल्पमतमा रहेकाे जानकारी गराएका थिए ।

विपक्षी गठबन्धन दलहरू मिलेर विस्तारै सबैतिर एमाले नेतृत्वकाे सरकार परिवर्तन गर्न खाेज्दैछन् । एमाले भित्रकाे झगडाकाे विपक्षी दलहरूले फाइदा उठाइरहेका छन् । केहीसमय अघि गण्डकी प्रदेशमा पनि एमाले नेतृत्वकाे सरकार ढालेर विपक्षी दलहरू  मिलेर कांग्रेसकाे नेतृत्वमा सरकार गठन गरिएकाे छ ।