कतारबाट ३ महिनामा ११ करोड क्षतिपुर्ति र ५ करोड ४६ लाख राजश्व नेपाल भित्रियो

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ १९ श्राबण । कतारबाट बैशाख देखी असार मसान्त सम्म तिन महिनाको अबधिमा नेपालमा करिब ११ करोड क्षतिपुर्ति तथा ५ करोड ४६ लाख राजश्व नेपाल भित्रिएको छ । नेपाली दुतावास कतारले सुचनजा जारी गर्दै उक्त जानकारी दिएको हो । सुचना अनुसार कतारमा कामको शिलसिलामा घाइते तथा मृत्यू भएका कामदारको बिमा तथा क्षतिपुर्ति बापत प्राप्त ३४लाख ३२ हजार ६३ रियाल ९८ दिरामको नेपाली सटही दर ३२ रुपयांको हिसाबले करिब ११ करोड रुपयां परराष्ट मन्त्रालय कन्सुलर बिभागमा पठाएको छ । बिभागले उक्त रकम संम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत संम्बधित परिवारलाई हस्तान्तरण गर्ने छ । एकजनाको शब घरसम्म पुर्याउने खर्च १ हजार ५ सय रियाल भने शब ल्याउने ब्यक्तिलाई नगदै पठाएको पनि सुचनामा उल्लेख गरिएको छ ।

Nepalese Embassy In Qatar Calls Nepalese To Remain Alert Against COVID-19 |  New Spotlight Magazine

त्यसैगरि दुतावासले सोहि अबधिमा नयां बनाएको तथा नबिकरण गरेका राहदानी तर्फबाट ५ लाख ७३ हजार ८ सय ५० रियाल नेपाल जाने भिषा जारी गरेको २ हजार ३ सय ३५ रियाल तथा अन्य राजश्व ११ लाख ३० हजार २ सय ६२ रियाल ५० दिराम गरी कुल १७ लाख ६ हजार ४ सय ४७ रियाल ५० दिराम अर्थात करिब ५ करोड ४६ लाख ६ हजार राजश्व संकलन गरी नेपाल पठाएको छ ।
सोहि अबधिमा दुतावासमा परेको उजुरीको आधारमा ५६ वटा गुनासा आफै समाधान गरेको थियो भने दुतावासबाट समाधान हुन नसकेका तलब तथा सुबिधा संम्बन्धि ७५ गुनासालाई कतारको श्रम बिभागमा पठाएको थियो ।


कम्पनी छोडेका तथा कतारको आवासिय अनुमति नभएका ४२ जनालाई स्वदेश फिर्ताकोलागी त्यहांको फिर्तिकेन्द्र सिइआइडी मा पठाएको थियो । यसैगरी कतारको लेबर ल अनुसार काम छोड्दाको समयमा पाउनुपर्ने इन्ड अफ सर्भिस नदिने कम्पनि झिकाएर दुतावासले १ लाख ३ हजार ४ सय २२ रियाल अर्थात करिब ३३ लाख ९ हजार ५ सय रुपयां संम्बन्धित कामदारलाई दुतावास मार्फतै दिलाएको थियो ।