देशभर भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । कोरोना भाइरसविरुद्ध चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने अभियान आजदेखि देशैभर सुरु भएको छ। दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।

भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउने कार्य सुरु भएको हो।

आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ। दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड लिएर जान पनि आग्रह गरिएको छ।

असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो।असार २९ गते यता करिब १ लाख ६५ हजार नागरिकले भेरोसेलको पहिलो खोप लगाएका छन् ।