भुटानबाट आइपुग्यो तीन लाख अष्ट्राजेनेका खोप

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं, साउन २२ गते । भुटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा । दिपेन्द्र रमन सिंहले भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान काठमाडौं आइपुगेको हो ।

भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंहका अनुसार २१ बाकस खोप आइपुगेको छ ।


भुटानबाट आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकललाई दिइने खोप शाखाले जनाएको गोरखापत्र अनलाईनमा समाचार छ ।