काठमाडौं साउन २२ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।
यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।’ उहाँले सभापतिको उम्मेदवारीका लागि आपूम अगाडि बढिसकेको र तयारी शुरू गरिसकेको बताए ।
उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए ।
उनले भने, ‘भदौमा महाधिवेशन हुन्छ भनेर सभापति शेरबहादुर देउवाजीले पनि भनिरहनुभएको छ, क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि छलफल सुरू भएको छ, विवाद टुङ्गिएसँगै महाधिवेशनको तयारीले गति लिन्छ, तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यकता छैन ।’ लोकपथ डट कम बाट