१२ कक्षाको परिक्षा स्थगित गर्न राज्यमन्त्रीको सिफारिस,बोर्डले आज निर्णय गर्ने

Dipak Pudasaini Latest Update , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाण्डौ २२ श्राबण । स्वास्थ राज्य मन्त्री उमेश श्रेष्टले कक्षा १२ को परिक्षा हाललाई स्थगित गर्न सिसिएमसी मार्फत शिक्षा मन्त्रालय र राष्टिय परिक्षा बोर्डलाई अनुरोध गरेको बताएका छन । आज सांझ सामाजिक सँन्जाल ट्विटरमा ट्विट गर्दै उक्तकुरा जानकारी गराएका हुन । ट्विटरमा उनले लेखेका छन- ‘कोभिड १९ सँक्रमण फैलँदै गएको बिधमान परिस्थितीमा ४ लाख बिधार्थीको जीबनरक्षा प्रति हामी अत्यन्त संबेदनसिल छौ । स्वास्थ तथा जनसँख्या मन्त्रालयले निकट भबिश्यमा हुन लागेको सबै परिक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड १९ सँकट ब्यबस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’ ।
परिक्षा स्थगित गर्न राज्यमन्त्रीले पत्राचार गरेपनि सिसिएमसीले भने बोर्डलाई परिक्षा सार्न आग्रह गरेको छ । यसअघि नै बोर्डले सिसिएमसी र शिक्षा मन्त्रालय मार्फत परिक्षामा सहभागीहुनै सबैलाई खोपको ब्यबस्था गर्न आग्रह गरिसकेको थियो ।
स्वास्थ मन्त्रालय र सिसिएमसीको आग्रहपछी अब के गर्ने भन्ने निर्णय गर्न भोलि राष्टिय परिक्षा बोर्डको बैठक बसेर ठोस उचित निर्णय गरिने परिक्षाबोर्ड श्रोतले जानकारी दिएको छ ।