काठमाडाैं । परीक्षा सुरू हुन एक साता बाँकी रहँदा कक्षा १२ काे परीक्षा स्थगित गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डकाे शनिबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हाे।
साउन ३१ गतेदेखि परीक्षा सुरू हुने कार्यतालिका तय भएकाे थियाे ।
कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न हिजाे सिफारिस गरेकाे थियाे ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

