जापानको आकाशमा फहरायो फ्रान्सको झण्डा

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , Sports/खेलकुद , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ २५ श्राबण । हिजो साँझ जापानको आकाशमा फ्रान्सको झण्डा फहरायो । जापानले सन २०२४मा ३३औ ओलम्पिक आयोजनागर्न फ्रान्सलाई झण्डा हस्तान्तरण गरेपछी हवाई प्रदर्शनी मार्फत फ्रान्सको झण्डा जापानको आकाशमा फहराईएको हो । विश्व खेलकुदको महाकुम्भ ३२औं टोकियो ओलम्पिक विशेष समारोहकाबीच हिजै सम्पन्न भएको थियो ।

टोकियो ओलम्पिकमा दुई सय पाँच राष्ट्रका ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो ओलम्पिक धेरैका लागि ऐतिहासिक भयो भने केही खेलाडीलाई नमिठो पीडा पनि दियो । कोरोना कहरकाबीच सुरु भएको टोकियो ओलम्पिकमा आयरल्यान्ड, बरमुडा, फिजी, पोर्टोरिको, कतार, कोसोभो, फिलिपिन्स, अलास्कालगायतका राष्ट्रले ऐतिहासिक स्वर्ण पदक भित्र्याउन सफल भए भने सिमोन्स बाइल्स, नाओमी ओसाका, अस्लेइघ बार्टी, जाड जोन्सलगायतका लागि टोकियो ओलम्पिक बिर्सन लायक बन्यो। यही ओलम्पिकमा जापानकी १३ वर्षीया मोमिजी निसियाले स्वर्ण पदक जित्दै इतिहास बनाउन सफल भइन । एक वर्ष पहिले नै तय भएको टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्ष पर धकेलिएको थियो ।
कोरोना संक्रमणको त्रास र स्थानीयको विरोधका कारण ओलम्पिकका ३३ खेलहरू बन्द रंगशालामा सञ्चालन गरिएको थियो। खेलाडी र अफिसियललाई ओलम्पिक भिलेजबाट बाहिर जान बन्देज गरिएको थियो ।
तीन सय ३९ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा अमेरिकाले ३९ स्वर्ण जित्दै शीर्ष स्थानमा रह्यो भने पहिलो दिनदेखि नै अग्रता बनाएको चीन भने अन्तिम दिन मात्रै पछाडि पर्यो । ३८ स्वर्ण जित्दै चीन दोस्रो स्थानमा रह्यो। अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कांस्यसहित कुल ११३ पदक जित्न सफल भयो। चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कांस्य गरी कुल ८८ पदक जित्यो। तेस्रो स्थानमा रहेको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कांस्यसहित कुल ५८ पदक घरमै राख्न सफल भयो ।
टोकियो ओलम्पिकमा नेपालले ४ खेलमा ५ प्रतिस्पर्धीले सहभागीता जनाएका थियो । जहाँबाट नेपाल रित्तोहात फर्कियो ।