काठमाण्डौ, साउन २७ । कठमाण्डौको नयाँ बानेश्वरस्थित शंखमुल रोडमा हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला सिनेमा हल निर्माण गर्न लागेका छ्न ।
९ करोड लागतमा निर्माण भइरहेको सिनेमा हल निर्माणमा ‘छक्का पन्जा’ टिम समूह पहिला देखी नै मोफसलमा हल खोल्ने तयारीमा थियो । महलको माथिल्लो दुई तलामा निर्माण भई रहेको हलमा दुईदुई सय गरेर दुई वटा स्क्रिनमा चार सय सिट रहने छन् ।
कोरोनाका कारण धमाधम हल बन्दै हुने क्रम रहँदा रहँदै पनि नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने उनीहरूको भनाइ छ । कोरोना संक्रमणको त्रासका कारण हालसम्म नेपालामा २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।
२८ सिनेमा हल बन्द हुँदा प्रति शो ७ हजार सिट घट्छन् । आउँदो चैतसम्म हल निर्माणको सम्पूर्ण काम सक्ने योजनाअनुरूप तीव्र गतिमा हाल सिनेमा हलको काम भइरहेको छ ।