दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष छुटे

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

जाजरकाेट । युवकलाई दाम्लोले बाँधेर कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले जुनिचाँदे गाउँपालिका २ वडाध्यक्ष नेपालीलाई पाँच हजार धरौटीमा छाडेको हो ।

पीडितले नै वडाध्यक्षको गल्ती नभएको बयान दिएपछि भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा धरौटीमा छोडिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।उनीमाथि ‘भिडियोको आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका वडाध्यक्ष नेपालीलाई साउन २१ गते प्रहरीले पक्राउ गरेको थियो ।