नेपाली महिला समाज कतारको चौथो राष्ट्रिय महिला भेला शुक्रबार

NewsBankNepal News/समाचार , प्रवास , ३ वर्ष अगाडि

कतार, साउन २८ । नेपाली महिला समाज कतारले चौथो राष्ट्रिय महिला भेला आयोजना गर्ने भएको छ ।

शुक्रबार सम्पन्न हुन लागेको कार्यक्रम भर्च्युअल माध्याम्बाट हुने समाजकी महासचिव अम्बिका खत्रीले बताइन । समाजले कतारमा रहेका सबै नेपाली दिदीबहिनीहरूलाई समेट्न कोसिस गरिरहेको बताउँदै खत्रीले भनिन ‘-कुनै महिलालाई समस्या आइ परेको खण्डमा हरेक किसिमको सहयोग गर्न समाज तत्पर रहेको छ ।’

प्रवासमा छौ र सबै एकै छाता मुनि समेटिदा समस्यालाई सजिलै चिर्न सकिने हुदॉ एकताबद्ध हुन समाजकी का .बा . अध्यक्ष अमिना खानले अनुरोध गरिन । उनले अधिवेशन गर्ने समय भए पनि कतारका धेरै नेपाली दिदीबहिनीहरु संस्था बाहिर रहेकोले सबैलाई समेट्न सकियोस् भन्ने हेतुले चौथो राष्ट्रिय महिला भेला आयोजना गर्न लागिएको बताइन ।

भेलाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । नेपाली महिलाहरूको एक मात्र साझा संस्थाको रूपमा कतारमा नेपाली महिला समाज परिचित छ ।