काठमाण्डौ, साउन २९ । बेलायतको किह्याम क्षेत्रमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए ।प्रहरीका अनुसार घटनामा मारिनेमा २ पुरुष र ३ महिला, एक सन्दिग्ध रहेका छन् । सबै जनाको गोली प्रहारबाट मृत्यु भएको छ ।
प्याइमाउथ सटन सांसद लुक पोलार्डले मारिने मध्ये एक १० वर्षभन्दा कम उमेरको बालिका समेत रहेको बताएका छन् । डेभोन एन्ड कर्नवाल प्रहरीका अनुसार २ महिला र तीन पुरुषको घटनास्थलमा र एक महिलाको अस्पतालको उपचारको क्रममा मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बन्दुकधारीले एउटा घरको ढोकामा लात्तीले हिर्काएर अन्धाधुन्ध गोली बर्साएको प्रत्यक्षदर्शीले बताएकाछन । घरमा गोली हानेपछि कुद्दै नजिकैको पार्कमा रहेका थप व्यक्तिहरूलाई गोली हानेका थिए ।