शँकरापुरमा नियमित आँखा शिबिर, २ हजारको परिक्षण गर्ने लक्ष्य

Dipak Pudasaini Latest Update , News/समाचार , Others/अन्य , प्रदेश , ३ वर्ष अगाडि

काठमाण्डौ, साउन २९ । शँकरापुर नगरपालिका तथा लायन्सक्लब अफ साँखुको सँयुक्त आयोजनामा शँकरापुर, मेलम्ची तथा चाँगुनारायण नगरपालिकामा निशुल्क आँखा शिबिर सँचालन भईरहेको छ । नेपाल नेत्रज्योती सँघ, किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र साँखु आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा उक्त शिबिर संचालन भएको हो ।
लायन्सक्लब अफ साँखु का सर्भिस चेयर पर्सन श्रीकृष्ण श्रेष्ठका अनुसार ११ वटा शिबिर आयोजना गर्ने योजना रहेकोमा ४ वटा शिबिर सँम्पन्न भैसकेका छन । जसअनुसार साउन ६ गते नाङ्लेभारेमा, साउन १३ गते पालुवारीमा,साउन २० गते पौवामा साउन २७ गते महादेब स्थान साल्खा मा सप्पन्न भएको श्रेष्ठले जानकारी दिएका छन ।
शंखरापुर नगर पालिकाका मेयर सुबर्ण श्रेष्ठ लेजनस्वास्थ नगरपालिकाको मुख्य प्राथामिकताको क्षेत्र रहेको जनाउदै समयमै उपचार गरे रोग निदान हुने हुँदा शिबिर मा सहभागिता जनाउन आग्रह गरेका छन । जिवन र जगत हेर्न आँखा बिना असम्भव भएकोले दृस्टीप्रदान गर्नु पुण्यको कार्य समेत रहेको बताए ।
लायन्सक्लब अफ साँखुका अध्यक्ष गौरीनाथ श्रेष्ठलेले हाल सम्मको क्याम्पमा उत्साहजनक रुपमा सहभागिता रहेको जनाउदै सबै मिलेर आगामी क्याम्पहरु सफल बनाउनु पर्नेमा जोडदिए । शिबिरमा समस्या देखिएकाहरुको अप्रेशन किर्तिपुर आँखा अस्पतालमा हुने जानकारी दिदै अध्यक्ष श्रेष्ठले त्यहा सम्म लानेल्याउने ब्यबस्था समेत गरिएको बताए ।

लायन्सक्लबको तर्फबाट क्याम्प संयोजन गरिरहेका क्लब का पुर्ब अध्यक्ष महेन्द्र लाल श्रेष्ठले हाल सम्म ६५० जना को आँखा चेक जांच भएको र हाल सम्म १०० जना भन्दा बढीको मोतिबिन्दु, आँखामा मासुले ढाकीएको तथा आँखाभित्र परेला फर्किएका बिमारी निदान भएकाहरु को अपरेशन समेत भइरहेको बताएका छन । यस्ता शिबिरहरु दुरदराजमा रहेकाहरु को लागि अझ महत्वपूर्ण भएको जनाउदै श्रेष्ठ ले सम्पुर्ण क्याम्प सम्पन्न हुने बेला सम्म २ हजार भन्दा बढीको परिक्षण गर्ने लक्ष्य रहेको जानकारी दिएका छन ।