काठमाण्डौ, ३० साउन । नेपाली महिला समाज कतारको चौथो भेला सँम्पन्न भएको छ । शुक्रबार सम्पन्न भेलाले अध्यक्षमा सरिता भण्डारी पौडेल निर्विरोध चयन गरेको छ । भेला समाजका कार्यबाहक अध्यक्ष अमिना खानको सभापतित्व तथा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यतामा सँम्पन्न भएको हो ।
भण्डारीको अध्यक्ष्तामा गठित कार्यसमितीमा प्रथम उपाध्यक्ष माया के.सी, दितिय उपाध्यक्ष सानोबर जहान,तिर्तिय उपाध्यक्ष अप्सना खान, महासचिब कामना के.सी,
सचिव सन्ध्या अर्याल, कोषाध्यक्ष सरिता चिलवाल पोखरिया, सह कोषाध्यक्ष मेनुका खतिवडा चयन भएका छन । कार्यसमितिका सदस्यहरूमा रमा चापागॉई, अम्बिका गौतम शर्मा, सिर्जना श्रेष्ठ, जमुना श्रेष्ठ, मिना थापा क्षेत्री, वृन्दा थापा, सुचित्रा शर्मा, गीता पुन मगर, मालती न्यौपाने, जानु कुमारी थापा मगर, एन्जिला देवकोटा, सन्ध्या खनाल, देवी कुमारी थापा मगर, चन्द्रा शर्मा र शुष्मा खतिवडा कटुवाल चयन भएका छन ।