अफगानस्थान गृहयुद्धमा फस्ने खतरा :त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन राप्रपाको माग

NewsBankNepal News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडौं,३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले अफगानस्थानमा रहेका नेपालीहरुको सुरक्षाबारे चिन्ता प्रकट गर्दै उनीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष त्रय पशुपतिशम्शेर जबरा,प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त वक्तब्य जारी गर्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराएको हो । तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको छ ।

यस्तैगरी ब्रिटिश सेनाका भूतपूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागहरुप्रति राप्रपाले समर्थन जनाएको छ ।उनीहरुका मागहरु पूरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति सरकारको ध्यान आकर्षण गराइएको छ ।

बेलायती सेनामा रहेर नेपाली नागरिकहरुले काम गर्न थालेको दुई सय बर्ष नाघि सकेको छ । तर, आजसम्म पनि बेलायती सेनामा काम गर्ने नेपालीहरु माथि कायम रहेको भेदभाव र असमानताको पूर्णरुपले अन्त्य हुन सकेको छैन वक्तव्यमा उल्लेख गरिएको छ ।