अफगानिस्तानका राष्ट्रपति घानी देश छोडेर भागे

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ५ वर्ष अगाडि

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेका छन्। तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला उनले देश छाडेको हो।तर,उनी कहाँ गए भन्ने स्पष्ट नभए पनि छिमेकी देश ताजिकिस्तानतर्फ लागेको बताइएको छ। राष्ट्रपति घानी राजीनामा दिनुपर्ने दबावमा थिए।

सरकारको तर्फबाट तालिबानसँग वार्ता गर्न तोकेका प्रमुख डा अब्दुल्लाह अब्दुल्लाहले घानीले देश छाडेको पुष्टि गरेका छन्। उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ।

दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको छ ।तालिबानले राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ । तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो।