तालिबान लडाकुद्वारा अफगानिस्तानमा युद्ध सकिएको घाेषणा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Photo Gallery , ५ वर्ष अगाडि

एजेन्सी । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजय हासिल गरेको घोषणा गरेका हुन् ।

तालिबानका प्रवक्ताले अलजजिरासँग भनेका छन्, हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौं ‘अफगानिस्तानमा युद्ध सकिएको छ ।

विद्रोहमार्फत २० वर्षपछि पुनः सत्तामा पुगेको तालिबानले आज ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन्।

भिडियो फुटेजमा तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र छिरेर हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देखिन्छ ।त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्।

उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्‍याउने आफूहरूले ठानेको बताए।आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए।

अहिले काबुलमा विदेशी नागरिकहरू बाहिर निस्कन खोजिरहेका छन्।अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ।अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई अब विमानस्थल परिसरको सुरक्षामा खटाइने बताइएको छ।