३९ लाख ठग्ने मोक्तान पक्राउ

Dipak Pudasaini Latest Update , News/समाचार , Others/अन्य , प्रदेश , ४ वर्ष अगाडि

काठमाणडाै, ३२ साउन । कम्वोडिया पठाइदिन्छु भनि ३९ लाख ठगिगर्ने मिनध्वज भनिने विचारमान मोक्तान लाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाएको छ । महाभारत गाउँपालिका वडा नं १ गोकुले, काभ्रेपलान्चोक घरभई तारकेश्वर नगरपालिका फुटुङ बस्दै आएका मोक्तनले सोहि जिल्लाको पाँचखाल नगरपालिका ८ चिसापानी बस्ने वर्ष ३६ को प्रेम बहादुर तामाङ समेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार लाग्छ कम्बोडिया पुगे पछी क्यासिनोमा बोसगार्डको काम लगाइदिन्छु भनी प्रलोभनमा पारी प्रेम बहादुर ६ जनाबाट अक्षरुपी ३९ लाख रुपयाँ सम्पर्क विहीनभएका थिए । आफु ठगिएको थाहा पाएपछी तमाङ्ग सहित ६ नै जनाले दिएको किटानी उजुरीको आधारमा वैदेशिक रोजगार विभागले पक्राउ गरी बुझाउनकालागी नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखालाई अनुरोध गरेबमोजिम पक्राउगरी बुझाएको महाशाखाको बिज्ञप्तीमा जनाईएको छ ।