कतारले एनआरएनमा धावा बोल्यो, उपाध्यक्ष सहित ५ पदमा दाबी

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Bank , Politics/राजनीति , न्युज बैंक बिषेश , प्रवास , बिचार , ३ वर्ष अगाडि

काठमाण्डौ, १ भदौ । गैर आवासिय नेपाली संघको अधिबेशन आगामि अक्टोबरमा काठमाण्डौमा हुँदै छ । अधिबेशनका लागी चुनाबी सरगर्मि भने अहिलेनै शुरु भैसक्यो । उम्मेदवारी घोषण गरेर चुनाबीमाहोल तताउने काम भने कतारमा रहेका नेपालीहरुले गरिरहेका छन । जहांबाट हालसम्म उपाध्यक्ष सहित ५ पदकालागी उम्मेदवारी घोषण भैसकेको छ ।

उपाध्यक्षका दाबेदार आर के शर्मा

जस अनुसार बर्तमान सचिब आर.के. शर्माले आफुलाई आगामीकार्यकाल २०२१ – २३ को उपाध्यक्षको प्रत्यासिकोरुपमा उभ्याएका छन ।

सचिबका दाबेदार प्रबिण गुरुङ

प्रबिण गुरुङले सचिबमा दाबी गरिरहँदा राज रेग्मीले युवा उपाध्यक्ष तथा अब्दुल बसिदले गल्फ युवा सँयोजक तथा रमेश भट्टले गल्फ सह सँयोजकमा दाबी गरेका छन ।

युवा उपाध्यक्षका दावेदार राज रेग्मी
गल्फ युवा सँयोजकका दावेदार अब्दुल बसिद
गल्फ सह सँयोजकका दावेदार रमेश भट्ट

केन्द्रय अध्यक्षका लागी भने खाडीराष्टबाट हाल सम्म कसैले दाबी गरेका छैनन । (यसअघि एकपटक कतारबाटै टेक बहादुर कार्की अध्यक्षकालागी भिडेका थिए । ) अघिल्लो निर्वाचनमा अध्यक्षको प्रत्यासी रहेका कुल आचार्यले यसपटक पुन दाबी गरेका छन भने बर्तमान उपाध्यक्ष बद्रि केसीले पनि आफुलाई अध्यक्षको दाबेदारका रुपमा खडा गरेका छन ।