बि. एस. आर. बायोटेकले सरकारलाई दियो २३ लाख बराबरको सामाग्री

NewsBankNepal Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , न्युज बैंक बिषेश , प्रविधि , ३ वर्ष अगाडि


काठमाडौं । ग्वान्जाव उन्डफु बायोटेक कम्पनी र बि. एस. आर. बायोटेक प्रा. लि.को संयुक्त सहयोगमा तेईस लाख रुपैया बराबरको मेडिकल सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
बि. एस. आर. बायोटेक प्रा. लिका तर्फबाट नविन कोइराला, दिपेश भण्डारी र प्रज्जवल न्यौपानेले संयुक्त रुपमा उक्त मेडिकल सामग्री नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयका तर्फबाट मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंहले सो स्वास्थ्य सामग्री ग्रहण गर्नुभएको थियो । मेडिकल सामग्रीमा ८४०० थान एन्टिजेन टेष्ट किट र २ थान फाइनकेयर थ्रि प्लस एनालाइजर रहेको छ ।