वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

हेटाैंडा,२ भदाै । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशकाे मुख्यमन्त्री बनेकी छन् । उनी वाग्मती प्रदेशको मुख्यमन्त्री मात्र हाेइन नेपालको पहिलो महिला मुख्यमन्त्री भएकी छिन् ।

 संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बुधबार बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिएकी छन् । साथै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।

शाक्य बुधबार नै वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन् ।मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएका थिए । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएकाे थियो ।माधवकुमार नेपाल समूहमा खुलेर लागेकी उनी पार्टी विभाजनकाे कुरा उठेपछि साथ छाडेकी हुन् ।