गाेबिन्द कुँइकेल
खुट्टा टेेकेछ्यौ दह्रो
मकैको ढोडको
क्रमश दिन बित्दै जाँदा
भदौको प्रचण्ड सूर्यको रापले होला
सुक्दै जादा सुकेनास लागेको
बच्चा जस्तो भयछौ ।
अझै पनि तीखो स्वरले चिच्याउछौ
कति दिन सम्म हो तिम्रो आयु ?
धामी झाक्री त चिच्याउने भए
रातो भाले र कालो बोकोको आशमा ।
आफन्तले माया मारि सके
परालको मूठा र जौ तिल
तुलसीको मोठमा राखि सके ।
तै पनि तिम्रो आबाज
तीखो सुन्दै छु
डाक्टर आउँछ नाडी छाम्छ
फिस लान्छ
झाक्री आउँछ ढ्याङ्ग्रो ठोक्छ
भाले लान्छ ।
आखिर तिम्रो रोग २० को १९ भको
म देख्दिन
एकोहोरो हिड्छ्यौ लरबराउदै
बरबराउछौ एक्लै
महत्वकाँक्षा छ गगन चुम्ने
थाहा छ
तिम्रो सपना पूरा हुन्न ।
तिमीलाई छोड्न मिल्दैन
सायद ब्रम्हनाल सम्म सँगै हुला
तर
चित्तामा त सँगै जान सक्दिन ।
चित्तामा त सँगै जान सक्दिन ।
कागेश्वरी मनाेहरा ४ डाँछी