काठमाण्डौ,३ भदौ । सर्बोच्च अदालको परमादेश अनुसार देशले २९ असारमा नयाँ प्रधानमन्त्री पायो । नयाँ प्रधानमन्त्री संगै सोहिदिन ४ नयाँ मन्त्री समेत पायो । महामारीले देशलाई गाँजिहेको अबस्थामा बिभागिय मन्त्री नहुँदा झन बेहाल भयो भन्ने चौतर्फि आवाज र बिरोध चर्किएपछी नयाँ सरकार गठनको एकहप्ता पछी एकथान स्वास्थ राज्यमन्त्री थपियो । तर सरकार गठनको आज ३६ दिन पुरा हुँदा समेत मन्त्री मण्डलले पुर्णता पाउन सकेको छैन । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको ४ गुटको भागबण्डा नमिल्नुनै मन्त्री मण्डल बिस्तारको प्रमुख बाधक हो । त्यसमाथि केहि उच्च तहका नेतालाई सरकारमा ठाउँ दिन सके पार्टीको आगामी नेतृत्व आफ्नै पोल्टामा राख्न सकिन्थ्यो भन्ने दाउपेचमा प्रधानमन्त्री रहेको तथ्य अब गोप्य रहेन ।
उता सत्ता गठबन्धनका सहयात्रीहरुलाई पनि मन्त्री छान्न त्यतिकै सकस परिरहेको छ । नारायणकाजी श्रेष्ठलाई सत्तामा जानबाट रोक्न सरकारमा उपप्रधान मन्त्री नराख्ने भद्र सहमति प्रचण्डले प्रधानमन्त्री देउवा सँग गरेपछी पार्टीको नेतृत्व गरेर सरकारमा जान तम्सेका जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादबलाई धक्का लागेको छ । तत्काल सरकारमा सामेलहुन तम्सेको जसपाले त्यहिकारण पनि सरकारमा पठाउने मन्त्री छान्न सकेको छैन । नेकपा माओबादीमा मन्त्री नपाए आत्माहत्या गर्ने समेत धम्कि पाएका अध्यक्ष प्रचण्डले समेत सरकारमा पठाउने नेता छान्न सकेका छैनन ।
यता सत्ता साझेदारको अर्को घटक माधब नेपाल समुहले हिजोमात्रै पार्टी टुक्रयाएर नेकपा समाजबादी गठन गरेको छ । मन्त्री पाईने आशामा त्यता दाम्लो चुडाएर गएका एमालेका नेताहरु धेरै छन । माधब नेपाल समुहलाई जम्म ६ वटा मन्त्रालय भागमा परेको छ । अब कतिले मन्त्री खाने हुन कति फर्केर एमालेमा जाने हुन त्यो त भोलिकै दिनले बताउला ।
उता बाग्मती प्रदेशमा हिजै मुख्यमन्त्री डोरमणी पौडेलले राजिनामा गरेर हिजै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएर पनि २ मन्त्री थपी ३ सदस्यि मन्त्री मण्डल समेत गठन भइसकेको छ । माधब नेपाल खेमामा रहेकि नेतृ शाक्य पार्टी फुट्ने अन्तिम अबस्थमा क्याम्प परिबर्तन गरेर मुख्यमन्त्री भएकी हुन । शाक्यलाई आफ्नो पक्षमा ल्याउन ओलि समुहका डोरमणि पौडेलले आफ्नो मुख्यमन्त्री पद नै त्याग गरेका थिए ।
अध्यादेशको करौतीले दलहरु चिरापारी सकेपछी अब त प्रधानमन्त्रीले सरकारलाई पुर्णता देलान की ?