“ राष्ट्रको लागि तपोवन ” दोस्रो श्रृखला सम्पन्न, बढ्दै छन् सहभागी

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , Politics/राजनीति , Spiritual/अध्यात्म , न्युज बैंक बिषेश , बिचार , ३ वर्ष अगाडि

काठमाडौं । दिनको करिब तिन बजेको हुदो हो । बालाजुबाट चार किमि जती टाढा नागार्जुन हाईटमा रहेको ओशो तपोवनमा बेग्लै चहलपहल छ । हुनत तपोवनमा सधै चहलपहल हुन्छ तर आजको परिदृश्य अरु दिनहरु भन्दा भिन्न छ ।
घरी पानी आउने घरी रोकिने यो मौसममा तपोवन थप मनोरम देखिन्छ । यहाँका फुलहरु ढकमक्क फुलेका छन् , भर्खरै रोकिएको बर्षाले यहाँका बृक्षहरु झनै सुन्दर र सफा देखिएका छन् । चराचुरुङ्गीका आवाजले वातावरणलाई संगितमय बनाएको छ । यो आकर्षक बातावरणका बिच माथी रिसेप्सनमा क्रमश ब्यक्तीहरु प्रवेश गर्दछन् । उनीहरुलाई स्वागत गर्नको लागि तपोवनमा बस्ने माँ र स्वामीजीहरुले केही कसर बाँकी राखेका छैनन् । आउने आगन्तुकहरुलाई औपचारिक रुपमा आश्रमको नियम अनुसार फर्म भराईन्छ , यो बिचको समयमा उनीहरुलाई स्वागत स्वरुप पानी र चियाको ब्यवस्था पनि गरिएको छ । आउने नव -आगन्तुकहरुको अनेक जिज्ञासा पनि सकेसम्म हल गर्ने प्रयास भै रहेको छ ।
करिब आधा घण्टाको समयमा पूर्व निर्धारित १५ जना जति आगन्तुकहरुको प्रवेश तपोवनमा भयो । ति १५ ब्यक्ति नियमित तपोवन आउने अथवा ध्यान गर्ने ब्यक्तिहरु थिएनन् । उनिहरु मध्य अधिकाशं ब्यवसायी थिए । कसैको हाईड्रोपावर थियो त ,कसैको फाईब स्टार होटल,कोही प्राकृतीक जडिबुटीको ब्यवसाय गर्थे , केही ट्रेडिङ्गको काम गर्थे , अझ कसैको त नेपालमा मात्र नभएर बिश्वका धेरै देशमा ब्यापारको संजाल थियो ।त्यही भित्र एक जना चाही काठमाडौं जिल्लाकै एक नगरपालिका आदरणिय मेयर साप हुनुहुँथ्यो । दैनिक जिवनमा एक घण्टाको समय पनि निकाल्न कठिन हुने अति ब्यस्त यस्ता उच्च ब्यवसायीक ब्यक्तिहरु अबको २६ घण्टाको लागि
तपोवनमा आएका थिए । अब उनीहरुको बसाँई भोली साँझ ५ बजे सम्मको लागि थियो । उनिहरु आएका थिए -ओशो तपोवनले भर्खरै शुरु गरेको अभियान “ राष्ट्रको लागि तपोवन ” मा सहभागी हुनको लागि ।
तपोवनले “ राष्ट्रको लागि तपोवन ” नामक एक अभियान शुरु गरेको छ । अभियानको पहिलो श्रृखलामा १४ जना बिभिन्न पेशाका ब्यक्तिहरुको सहभागीता रहेको थियो भने यो हप्ता सम्पन्न अभियानको दोस्रो श्रृखलामा दुई जना बिदेशी सहित १५को सहभागीता रहेको थियो । व्यक्तिले आफ्नो दैनिक जीवनमा गर्ने हरेक काममा अध्यात्मलाई जोड्दा सो व्यक्ति स्वयम्मा रुपान्तरण भई उसको जीवनशैली सरल हुनुका साथै व्यवसायिक जीवनमा उत्पादनशीलता र प्रभावकारिता बढेर समाज र राष्ट्रमा नै एक सकारात्मक सन्देश प्रवाह हुनसक्छ भन्ने उद्देश्य लिएर यो अभियान थालनी गरिएको हो ।
बोधिसत्व स्वामी आनन्द अरुण प्राचार्य रहनुभएको यो अभियानको परिकल्पना एन.आर.एन. का निवर्तमान अध्यक्ष भवन भट्ट अर्थात् स्वामी आनन्द देवको रहेको छ भने अभियानको संयोजकमा स्वामी आनन्द अर्हत र सोविता सिम्खडा रहनु भएको छ ।
अभियानमा सहभागीहरुलाई करिब २६ घण्टा तपोवनमा राखिने छ । यो समयमा उनिहरुलाई ध्यान र योगका बिभिन्न प्रयोगका साथमा सकारात्मक बन्ने कला , ब्यवसायिक सफलताका सुत्रहरु , आनन्दित हुने उपाय आदि सिकाईनेछ ।
दोस्रो श्रृखलाका सहभागीहरुले मात्र २६ घण्टाको तपोवनको बसाईमा आफुहरुले धेरै सिकेको र अनावस्यक तनाव हटाई आनन्दित हुन सुरु भैसकेको प्रतिकृया दिएका छन् । यो अभियान ओशो तपोवनले हरेक पन्ध्र दिनमा संचालन गर्दै आएको छ ।

“ राष्ट्रको लागि तपोवन ” दोस्रो श्रृखला फोटो फिचर

बोधिसत्व स्वामी आनन्द अरुण सहभागीहरुलाई ध्यान गराउनुहुदै
सहभागीहरुको परिचयात्मक कार्यक्रम
ब्यवसायिक र आध्यात्मिक रुपान्तरणको लागि दिईएको काम गर्दै सहभागी
सहभागीहरुको सहजिकरणका लागि क्रमश निराजन भण्डारी, सोविता सिम्खडा,स्वामी अर्हत र भवन भट्ट (स्वामी आनन्द देव)
सहभागी र सहजकर्ताहरु फोटो शेसनमा

PHOTOS – OSHO TAPOBAN