भाद्र १४ मा सार्बजनिक बिदा

NewsBankNepal Latest Update , News/समाचार , Others/अन्य , Politics/राजनीति , Spiritual/अध्यात्म , ३ वर्ष अगाडि

काठमाडौं ३ भाद्र । सरकारले भाद्र १४ गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले श्रीकृष्ण जन्माष्टमीका दिन भदौ १४ गते मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्र्कीका अनुसार सरकारले भदौ ७ गते परेको गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय समेत गरेको छ । यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको मन्त्री कार्कीले बताएका छन ।