काठमाडौं ४ भदौ । माधब कुमार नेपाल समुहले पार्टीको नाम परिबर्तन गरेर दर्ता गर्न निर्बाचन आयोगमा निबेदन दिएको छ ।
नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालले निर्वाचन अयोगमा बिहीबारनै नेकपा एमाले समाजवादी को नाम परिवर्तन गरी नेकपा समाजबादी पार्र्टी राख्न निबेदन दर्ता गराएको हो ।
नेपाल पक्षका केन्द्रीय सदस्यले बिहीबार निर्वाचन आयोगमा नेकपा समाजवादी दर्ता भएको बताए । निर्वाचन आयोगले एमाले नाम राख्दा मूल पार्टीसँग जुध्ने भन्दै फरक नाम ल्याउन सुझाव दिएको थियो । लगत्तै उनीहरुले एमाले हटाएर समाजवादीका लागि निवेदन दिएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेको थियो । त्यसक्रममा दलको नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह खुला किताब राखिएको थियो ।